लुम्बिनी प्रदेशका अधिकांश मन्त्रालय बाढीले जलमग्न – Nepal Press

लुम्बिनी प्रदेशका अधिकांश मन्त्रालय बाढीले जलमग्न

रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका अधिकांश मन्त्रालय  डुबानमा परेका छन् ।

मन्त्रालयका कर्मचारीका अनुसार शुत्रबार रातीदेखि आएको पानीले यो क्षेत्रमा रहेका अधिकांश घरहरु डुबानमा परेका हुन् । राजमार्गदेखि उत्तरतर्फ रहेका सबै घरहरु बाढीले डुबानमा परेका हुन् ।

वर्षाले जम्मा भएको पानीको निकास नहुँदा डुबानमा परेको स्थानीयले जनाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जानै नसकिने गरी डुबानमा परेका हुन् ।

दुई मन्त्रालयमा एक फिटसम्म पानी परेको छ। केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेका छन् ।

दाङमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन ।

राप्ती गाउँपालिका९५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ ।

गएरातीदेखि परेको भीषण वर्षापछि आएको बाढी बस्तीमा पस्न थालेको छ । लगातारको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन् । ढल निकास अवरुद्ध हुँदा मन्त्रालय जलमग्न भएका छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर