राप्तीमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह – Nepal Press

राप्तीमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

रुपन्देही । राप्ती नदीमा पानीको सतह लगातार बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । शनिबार दिउँसो १ बजे नै पानीको सतह ७ मिटर पार गरेकाले बाढीको खतरा बढेको जनाइएको छ । जिल्लामा दुई दिनयता निरन्तर पानी परिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले कुसुम जलमापन केन्द्रमा १ बजेर ५ मिनेट जाँदा पानीको सतह ७ मिटर खतरा नजिक पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको हो ।

कुसुममा मापन भएको जल सतह बाढीग्रस्त मानिने होलिया, बेतहनी, नरैनापुर आइपुग्न ४–५ घण्टा लाग्ने गर्छ । प्रशासनले बाढी आउनुअघि नै तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएको छ । दाउराको लोभमा नदीमा नजान प्रशासनले आग्रह गरेको छ ।

राप्ती नदीले धार परिवर्तन गरेपछि नदीमा ८ मिटर पानीको सतह पुगेपछि बल्ल बाढी पस्ने स्थानीयले बताएका छन् । नदीमा जल सतह बढिरहँदा जिल्ला विपद व्यवस्थापन समितिले सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर