रविमाथि खनिए भीम रावल- टीभीमा बोल्दा उथलपुथल गर्छु भन्थे, प्रश्न गर्नेलाई पार्टीबाट निकाले (भिडिओ) – Nepal Press

रविमाथि खनिए भीम रावल- टीभीमा बोल्दा उथलपुथल गर्छु भन्थे, प्रश्न गर्नेलाई पार्टीबाट निकाले (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् ।

सहकारी रकम अपचलनपछिको परिस्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्न व्यक्तिलाई जोगाउन प्रहरी प्रशासन र राजनीतिक दलका शीर्ष नेताहरु लागेको जिकिर गरे ।

उनले भने, ‘अहिले पार्टीमा केही सोध्न पनि पाइँदैन, भर्खरै नयाँ पार्टी आएको, महामन्त्रीले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछन् । भन्ने बेलामा भयंकर लोकतन्त्र भन्छन् । त्यो स्वर टेलिभिजनमा सुन्दा त नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्ने धर्तीमुनि पस्ला जस्तो, भरे सतहमा आउँदा त नागरिकता हेर्‍यो दुइटा, राहदानी दुइटा, अरु के तीन वटा, त्यसपछि सहकारी ठगी, अनि उसैलाई देशको सबै जिम्मा, उसलाई त्यहाँ राख्ने ओली र प्रचण्ड पनि जिम्मेवार छन् ।’

नेता रावलले अब प्रधानमन्त्री बन्न लागेका ओलीले सहकारी ठगीमा संलग्नलाई कारबाही नगरे त्यसको मतियार हुने आरोप लगाए ।

उनले देशको सूचना बेच्ने व्यक्ति सदनमा छ भन्ने गृहमन्त्रीले दोषीलाई कारबाही गरेर देखाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर