पृथ्वी राजमार्गको घोप्टे भीरमा पनि खस्यो पहिरो – Nepal Press

पृथ्वी राजमार्गको घोप्टे भीरमा पनि खस्यो पहिरो

चितवन । फिस्लिङको बाटो एकतर्फी सञ्चालनमा आएको केही बेरमै घोप्टे भीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका- ३ घोप्टे भीरमा सडक माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बाटो दुईतर्फी अवरोध भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै दिउँसो २ बजेर ५५ मिनेट जाँदा खसेको पहिरो हटाउन एक घण्टाभन्दा बढी समय लाग्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर