कांग्रेसको जिकिर- ओलीकै नेतृत्वमा ७६ (२) अनुसार नयाँ सरकार गठन हुन्छ (भिडिओ) – Nepal Press

कांग्रेसको जिकिर- ओलीकै नेतृत्वमा ७६ (२) अनुसार नयाँ सरकार गठन हुन्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले अब बन्ने सरकार नेपालको संविधान ७६ (२) अनुसार नै बन्ने दाबी गरेको छ । आज बसेको संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार नै अब बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हामी एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ छौं । त्यो सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्छ । अहिले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीले राखेको प्रस्तावको विपक्ष उभिने निर्णय गरेको छ ।’

प्रमुख सचेत लेखकले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई बैठकले अनुमोदन गरेकोसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर