सहकारी ठगी गर्नेलाई दलले संरक्षण गर्छन्, राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ: उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ) – Nepal Press

सहकारी ठगी गर्नेलाई दलले संरक्षण गर्छन्, राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ: उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नगरेसम्म देश नबन्ने बताएका छन् ।

१०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्नहरुलाई राजनीतिक दलले संरक्षण गरेको स्वीकारे ।

उनले भने, ‘राजनीतिले मुख्य भूमिका खेल्छ । सहकारीमा किन समस्या आयो ? अनुगमन भएन । सहकारी सञ्चालकहरु राजनीतिक दलमा छन् । उनीहरुलाई जोगाउन नेताहरु लाग्ने भइहाल्यो । प्रहरी पनि त्यहीअनुसार मिलाइहाल्छन् । अनुसन्धान गर्न प्रहरी पठायो, जसले अनुसन्धान गर्न खोज्यो, त्यसलाई फाल्दिहान्छन् । त्यसैले यहाँ राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर