नेकपा एसको बैठक- केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने, तत्काललाई पुरानै जिम्मेवारी – Nepal Press

नेकपा एसको बैठक- केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने, तत्काललाई पुरानै जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटीको बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ । बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रारिम्भक समीक्षा गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले अर्को व्यवस्था नहुञ्जेलसम्म तत जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रभाग प्रमुख खतिवडाले बताए ।

भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर