पर्वतमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता – Nepal Press

पर्वतमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

पोखरा । वर्षातपछि आएको बाढीले घरगोठ बगाउँदा पर्वतमा दुई जना बेपत्ता भएका छन् । पर्वत फलेवास नगरपालिका- १ कार्कीनेटामा शनिबार दिउँसो पहिरोले झलक पौडेलको घर पुरिँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

शनिबार दिउँसो घरभन्दा १०० मिटर माथि पहिरो खस्दा ४० वर्षीय झलक र ३५ वर्षीय तुलसी पौडेल बेपत्ता भएको पर्वत प्रहरीका डीएसपी खुमलाल भुसालले जानकारी दिए । अहिले उनीहरुको खोजी भइरहेको भुसालले बताए ।

पहिरोबाट गोठमा रहेको पशुचौपायासमेत बेपत्ता भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर