एकल पिताको भूमिका निभाएका रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक – Nepal Press

एकल पिताको भूमिका निभाएका रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यस गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ। मर्मस्पर्शी गीत ‘मायाको घर’मा बुवा र छोरीको कथा छ। स्वीकृति सापकोटाले निर्देशन गरेको भिडियोमा गायक ढकाल र पाँच वर्षीया कलाकार आर्या भानीले अभिनय गरेका छन्। भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिका निभाएकी छिन।

कार्यक्रममा ढकालले यो भिडियोको कथा कहीँ कतै हाम्रो नजिकमा मेल खाने बताए। उनले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए। निर्देशक सापकोटाले भिडियोमा हाम्रै समाजमा रहेको कथालाई उतारेको जनाइन्। उनले यो आफ्नो पहिलो निर्देशन रहेको समेत जानकारी दिइन्। कलाकार आर्याले पनि कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिइन्।

विशेष अतिथिको रूपमा उपस्थित नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले म्युजिक भिडियोको सफलताको शुभकामना दिँदै नेपाली गीत सङ्गीत क्षेत्रमा गायक रामकृष्ण ढकालको नाम सुनौलो रहेको बताए। कार्यक्रममा गीतकार कँडेल, सङ्गीतकार लम्साल तथा अतिथिको रूपमा गायक द्वय यम बराल र हेमन्त शर्माको पनि उपस्थिति थियो। राई, शर्मा र बरालले संयुक्त रूपमा म्युजिक भिडियो सार्वजनिक गरेका थिए।

भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन रहेको छ । भिडियोको क्रिएटिभ हेड आशा गौतम र सहायक निर्देशक रोशन अधिकारी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर