प्रियंकापछि ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित – Nepal Press

प्रियंकापछि ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित

काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रका लागि करिश्मालाई निर्माण पक्षले अनुबन्धित गरेको हो ।

यस अघि चलचित्रमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी थिइन् । निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताएका छन। ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर