हाम्रो पार्टी सानो छैन, विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेको प्रतिवाद गर्नुस्: माधव नेपाल (भिडिओ) – Nepal Press

हाम्रो पार्टी सानो छैन, विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेको प्रतिवाद गर्नुस्: माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेहरुको प्रतिवाद गर्न निर्देशन दिए ।

उनले भने, ‘हाम्रो पार्टी सानो छैन, हामी सशक्त छौं । हामीले चुनावमा ठूलो परिणाम ल्याउन सकेनौं भन्नुको कुुनै अर्थ छैन । अब त्यो गीत गाएर हुँदैन । अब चुनौतीको सामना गरेर उत्साहको सन्देश दिनुपर्छ।’

उनले नेपालको राजनीतिमा आफ्नो भूमिका महत्वपूर्ण भएकाले खोजी भइरहेको बताए ।


प्रतिक्रिया

One thought on “हाम्रो पार्टी सानो छैन, विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नेको प्रतिवाद गर्नुस्: माधव नेपाल (भिडिओ)

  1. कहाँ सानाे हुनु ? ठूलै हाे नि । राष्ट्रिय पार्टी नभएकाे मात्र हाे । रबि र उपेन्द्र यादव अनि राप्रपा भन्दा मात्र सानाे हाे । तर पनि हाम्राे पार्टी ठूलाे हाे नि । हाेईन भन्ने ? हाम्राे 10 सिट छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर