डोटी जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुधार – Nepal Press

डोटी जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुधार

डोटी । डोटी जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्डमा ८८ प्रतिशत अङ्क पाएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले अस्पतालको शनिबार गरेको न्यूनतम सेवा मापदण्ड मापनमा अस्पतालले सो अंक प्राप्त गरेको हो ।

निर्देशनालयले विभिन्न सूचकका आधारमा अस्पतालको न्यूनतम सेवा अवस्था मापन गरेको स्वास्थ्य निर्देशनालयका अनुगमन मूल्याङ्कन समितिका डा. प्रकाशबहादुर बुढाले बताए ।

प्रत्येक ६-६ महिनामा गरिने मापनमा अस्पतालले न्यूनतम सेवा मापदण्डमा विगतको तुलनामा सुधार गरेको छ । गत मंसिरमा भएको मापनको क्रममा अस्पतालले ८५ प्रतिशत अङ्क पाएको थियो । त्यसअघि ८४ प्रतिशत अङ्क पाएको थियो ।

न्यूनतम सेवा मापदण्डमा डोटी जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशमै चौथो भएको छ । बैतडी जिल्ला अस्पताल ९३ प्रतिशत अङ्कका साथ पहिलो स्थानमा रहेको छ । ९३ प्रतिशत अङ्कसहितै बझाङ जिल्ला अस्पताल दोस्रो र ९० प्रतिशत अङ्कका साथ जिल्ला अस्पताल अछाम तेस्रो स्थानमा छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, कर्मचारी र व्यवस्थापन समितिको सक्रियतामा अस्पतालले न्यूनतम सेवा मापदण्डमा सुधार ल्याउन सकेको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर