लुम्बिनीमा मुख्यमन्त्रीको कार्यालयसहित चार मन्त्रालय डुबानमा – Nepal Press

लुम्बिनीमा मुख्यमन्त्रीको कार्यालयसहित चार मन्त्रालय डुबानमा

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालयसहित चार मन्त्रालय डुबानमा परेका छन् ।

गएराति देखि परेको अविरल वर्षाका कारण मुख्यमन्त्री कार्यालय, आर्थिक तथा योजना, आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालय डुबानमा परेका हुन् ।

अन्य मन्त्रालयका कार्यालयका कम्पाउन्डसमेत जलमग्न भएको भालुबाङ प्रहरीले जनाएको छ । मन्त्रालय नै डुबानमा परेपछि पानी बाहिर निकाल्ने काम थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *