अफ्रिकी देश निजेर: अमेरिकी सेना आउट, रुसी सैन्य प्रशिक्षक इन – Nepal Press

अफ्रिकी देश निजेर: अमेरिकी सेना आउट, रुसी सैन्य प्रशिक्षक इन

काठमाडौं । पश्चिम अफ्रिकी फ्रेन्च भाषी देश निजेरबाट अमेरिकी सेना फिर्ता भएको छ । सैन्य कू पछिको सरकारले अमेरिकी सैन्य शिविर हटाउन आग्रह गरेको थियो भने सडकमा जनताले अमेरिकी सेनाको शिविरविरुद्ध प्रदर्शन गरेका थिए ।

सरकार र सडक दुवैको दबाबमा अमेरिकाले सेना फिर्ता गरेको छ । फिर्ती प्रक्रिया सकिएको अमेरिकाले हालसालै सार्वजनिक गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार सी-१७ ग्लोबमास्टर तीन नामको हवाई सवारीसँगै सैन्य शिविर बन्द भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी हवाई सेनाका जर्नेल केनथ एकमनले अमेरिकी सेनाको क्षेत्रमा निजेरको सेनाले आफ्नो शिविर राख्ने बताएका छन् । निजेरको राजधानी मियामे तथा अरु क्षेत्रमा गरेर एक हजार अमेरिकी सैनिक थिए ।

अझ रोचक कुरा अमेरिकी सैनिक फिर्ता प्रक्रिया अन्त्य हुनुभन्दा अगाडि रुसी सैन्य प्रशिक्षकहरु निजेर पुगेर तालिम दिन सुरु गरेका छन् । आरटीका अनुसार यस्ता प्रशिक्षकहरु सयभन्दा कम छैनन् । रुसी विदेशमन्त्री सेग्रि लेभ्रोबले अफ्रिकाको सहेल क्षेत्रका देशहरुको सुरक्षा तथा प्रतिआतंकवादको तालिम रुसले दिने सार्वजनिक रुपमा भनिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर