इरानको नयाँ राष्ट्रपतिमा चुनिए सुधारवादी नेता मासुद – Nepal Press

इरानको नयाँ राष्ट्रपतिमा चुनिए सुधारवादी नेता मासुद

काठमाडौं । इरानको राष्ट्रपतिमा सुधारवादी नेता सामुद पेजेस्किआन निर्वाचित भएका छन् । बीबीसीका अनुसार धार्मिक झुकाव बढी राख्ने उम्मेदवार सहिद जलिलीलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

तीन करोड मतदाता भएको इरानमा सामुदको मत ५३ प्रतिशत आएको थियो । प्रथम चरणमा कुनै उम्मेदवारको ५० प्रतिशत मत नपुगेपछि चुनाव दोस्रो चरणमा धकेलिएको थियो । हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन राष्ट्रपति इब्राहिम रैसीको मे १९ मा मृत्यु भएपछि इरान राष्ट्रपतीय चुनावमा पुगेको थियो ।

पहिलो चरणको चुनाव जुन २८ तारिखमा भएको थियो । इरानी अखबार तेहराइन टाइम्सका अनुसार विजेता मासुदले १ करोड ६४ लाख मत पाएका थिए । उनका प्रतिस्पर्धी सहिदको १ करोड ३५ लाख मत आएको थियो ।

शुक्रबार भएको चुनावमा झण्डै ५० प्रतिशत मत खसेको थियो । जुन २८ मा भएको पहिलो चरणमा भने ४० प्रतिशतमात्रै मत खसेको तेहराइन टाइम्सले उल्लेख गरेको छ । शुक्रबारको चुनाव बिहान ८ बजे सुरु भएर मध्यरात १२ बजेसम्म चलेको थियो ।

इरानका नवनिर्वाचित राष्ट्रपति मुटुका डाक्टर पनि हुन् । उनले यो पेशा लामो समय गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर