एमाले संसदीय दलको बैठक बस्दै – Nepal Press

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेकां संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आजे बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल गरिने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले  जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।

नेकपा एमालले माओवादीसँग गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् ।

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर