बालेनलाई विशाल भण्डारीको कटाक्ष- केपी ओलीका कारण कमेडी च्याम्पियनको आँगनमा पानी जम्यो – Nepal Press

बालेनलाई विशाल भण्डारीको कटाक्ष- केपी ओलीका कारण कमेडी च्याम्पियनको आँगनमा पानी जम्यो

काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले फेरि एक पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग ‘पंगा’ लिएका छन् ।

फेसबुकमा लेखेको एउटा कटाक्षयुक्त टिप्पणीका कारण उनले बालेनका समर्थकको गाली खाने पक्का भएको छ ।

बालेनले आज काठमाडौंका विभिन्न स्थान जलमग्न हुनुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दोष थोपर्दै स्टाटस लेखेका थिए । त्यसप्रत कटाक्ष गर्दै भण्डारीले केपीका कारण कमेडी च्याम्पियनको स्टुडियोमा पानी जमेको बताएका छन् ।

भण्डारीको स्टाटस यस्तो छ:

हाम्रो Comedy Champion को Three Production Studio मूलपानीको आगनमा पानी जमेछ । म यसको दोष के पी वलीलाई दिन चाहन्छु ।

हुन त २ वर्ष अघि Studio किन्दा नै यो समस्या आउने हेक्का थियो । तर बेवास्ता गर्दै हामीले नै ढलको उचित निकास र जमिनको Slope नमिलाको हौँ।

अब Studio मा कर्मचारी थुनिएका छन् हताहत भाका छन् उनीहरू म माथि खनिनु अघि सबै Blame K P OLI मा हाल्दिने अनि CHILL मा बस्ने ।

२ वर्ष देखि सबै थाहा हुँदा हुँदै गर्न चै मैले पनि केहि गरिन अब मान्छे कराउने बेला भयो तर गाली अर्कोलाई खुवाउ किन म खानु र ???

२०७९ साल माघमा फेसबुकमा विशाल भण्डारी र बालेनको दोहोरी चलेको थियो । भण्डारीले बालेनलाई सम्बोधन गर्दै अब भत्काउन पुग्यो साथी भनेर टिप्पणी गरेका थिए । त्यसको जवाफ दिँदै बालेनले लेखेका थिए, ‘तिमी पैसा कमाउन आएका हौ, तिम्रो अस्तित्व पैसा बाहेक केही छैन । तिमीजस्तो बिकाऊ मान्छेलाई जवाफ दिनु छैन ।’

त्यसपछि भण्डारीले बालेनलाई ‘श्री ८’ भन्दै सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *