एलन मस्कको टेस्ला कम्पनीले भारतको विद्युतीय गाडी क्षेत्रमा लगानी नगर्ने संकेत – Nepal Press

एलन मस्कको टेस्ला कम्पनीले भारतको विद्युतीय गाडी क्षेत्रमा लगानी नगर्ने संकेत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्ती तथा भारतमा विद्युतीय गाडी क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता दिएका डलर खर्बपति एलन मस्कले लगानी नगर्ने संकेत गरेका छन् ।

उनको गत अप्रिल २० देखि २२ सम्मको भारत भ्रमण पनि अन्तिम समयमा आएर रोकिएको थियो । अहिले भारतीय मिडियाहरूले बताए अनुसार टेस्लाका अधिकारीहरूले भारतीय अधिकारीहरूलाई रेस्पोन्स गर्न छोडेका छन् ।

भारतीय अखबार इकोनोमिक टाइम्सका अनुसार अप्रिलको भ्रमण रद्द भएपछि यस्तो हुन थालेको हो । यसलाई धेरैले विद्युतीय गाडी क्षेत्रमा मस्कको भारतमा लगानी गर्न अनिच्छाको कोणमा बुझ्न थालेका छन् । हरेक जसो कुरामा मुखर मस्क यो कुरामा भने मौन देखिएका छन् ।

चीनको सांघाईमा टेस्लाको गीगा फ्याक्ट्री खोलेर मस्कले टेस्लामा चीनको बजार बढाएका थिए भने चिनियाँहरूलाई पनि विद्युतीय गाडीका सिप हस्तान्तरण गरेका थिए जसको कारण अहिले चीन विद्युतीय गाडीमा एक नम्बर उत्पादक तथा प्रयोगकर्ता भएको छ ।

भारतले पनि यस्तै चाहेको थियो । तर, मस्कले अनिश्चय देखाएपछि त्यो सम्भावना तत्कालको लागि टरेको देखिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर