जसपाका मन्त्रीको राजीनामा ४ दिनपछि स्वीकृत, प्रधानमन्त्रीले आफैँसँग राखे १० मन्त्रालय – Nepal Press

जसपाका मन्त्रीको राजीनामा ४ दिनपछि स्वीकृत, प्रधानमन्त्रीले आफैँसँग राखे १० मन्त्रालय

काठमाडौं । अशोक राई नेतृत्वको जसपाका ३ मन्त्रीको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानले दिएको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए ।

यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् ।

अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्रीमात्र छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर