नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठनको तयारी (भिडिओ) – Nepal Press

नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठनको तयारी (भिडिओ)

काठमाडौं । केन्द्रमा भएको नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले केन्द्रमा २८ गते नयाँ समीकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन् ।

सोमबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभएपनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेस सहितको सरकार बन्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्र्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भएपनि केन्द्रको समिकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताए । नयाँ समिकरण अनुसार सरकार बनेपनि प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ ।

कोशी प्रदेशमा गत बैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरुको समर्थनमा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री बनेका थिए । १० सदस्यीय कोशी प्रदेश सरकारमा एमाले बाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर