कञ्चनपुरमा पाैडी खेल्दा बेपत्ता भएका तीनैजना किशोरीको शव फेला – Nepal Press

कञ्चनपुरमा पाैडी खेल्दा बेपत्ता भएका तीनैजना किशोरीको शव फेला

कैलाली । कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीको मृत्यु भएको छ ।

सोमबार पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

डुबान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा उनीहरु तीनै जना बेपत्ता भएका थिए । लक्ष्मी र सृजनाको शव फेला परेको केही घण्टा पछि आरतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन् । तर उनी पौडी नखेलेर फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो । त्यसको केही घण्टा पछि उनीहरु सबैको शव फेला परेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *