रुसको दाबी- पाइलटलाई इटालीको नागरिकता र पैसा दिएर युद्ध हवाइजहाज हाइज्याक गर्ने युक्रेनी योजना असफल – Nepal Press

रुसको दाबी- पाइलटलाई इटालीको नागरिकता र पैसा दिएर युद्ध हवाइजहाज हाइज्याक गर्ने युक्रेनी योजना असफल

काठमाडौं । रुसले आफ्ना युद्ध हवाइजहाज हाइज्याक गर्ने युक्रेनी योजना असफल भएको बताएको छ । रुसी रणनीतिक बमबर्सक हवाईजहाज चालकलाई इटालीको नागरिकता तथा आर्थिक फाइदा दिने शर्तमा गर्न लागिएको हाइज्याक असफल भएको रुसले दाबी गरेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार रुसको गुप्तचर निकाय संघीय सुरक्षा सेवा (एफएसबी)ले यस्तो बताएको हो । रुसी बमबर्सक हवाईजहाज हाइज्याक गर्ने योजनामा युक्रेनी गुप्तचर निकाय लागेको बताइएको छ । यो सबै योजनामा युक्रेनी मात्रै नभएर नेटोको गुप्तचरी निकायको प्रयास भएको बताइएको छ ।

रुसले सार्वजनिक गरेको भिडियोमा युक्रेनी गुप्तचरले टेलिग्रामबाट आफूलाई हाइज्याकको लागि सहयोग मागेको रुसी पाइलटले बताएको आरटीले उल्लेख गरेको छ । रुसी युद्ध हवाईजहाज पाइलटलाई घुस खुवाएर युद्ध हवाईजहाज हाइज्याक गर्ने यो पहिलो प्रयास भने होइन ।

सन् २०२२ जुलाईमा पनि २० लाख अमेरिकी डलर दिएर यस्तो गर्ने प्रयास गरिएको थियो । तर, रुसी पाइलटहरुले त्यो स्वीकार गरेनन् । उनीहरुले त्यो प्रस्ताव आएको सूचना रुसी प्रतिगुप्तचरी निकायलाई दिएर सहयोग गरेको आरटीले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर