मस्को ओर्लिए भारतीय प्रधानमन्त्री मोदी- दुई देशको २२ औं शिखर सम्मेलनमा सहभागी हुने (भिडिओ) – Nepal Press

मस्को ओर्लिए भारतीय प्रधानमन्त्री मोदी- दुई देशको २२ औं शिखर सम्मेलनमा सहभागी हुने (भिडिओ)

काठमाडौं । लगातार तीन कार्यकाल भारतको प्रधानमन्त्री भएका नरेन्द्र मोदी रुस पुगेका छन् । उनी आजै रुसमा ओर्र्लिलएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार मोदीले मस्कोमा पुटिनसँग भेट गर्नेछन् । भारत र रुसको २२ औँ शिखर सम्मेलनमा उनी सहभागी हुनेछन् । सन् २००० बाट सुरु भएको दुई देशको शिखर सम्मेलनमा मोदी पुगेका हुन् । तीन वर्षमा मोदी र पुटिनको यो तेस्रो भेट हुनेछ ।

सन् २०२१ मा भारत भ्रमण पुगेका पुटिनसँग मोदीको भेट भएको थियो भने हालसालै उज्बेकिस्तानको समारकान्दमा भएको सांघाई कोअपरेसन अर्गनाइजेसनको भेलामा पनि दुईको भेटवार्ता भएको थियो ।

यो मोदीको पाँच वर्षको अन्तरमा भएको रुस भ्रमण हो । उनी सन २०१९ मा रुसमा आयोजना हुने इस्टर्न इकोनोमिक फोरममा मोदी पुगेका थिए ।

रुसको युक्रेनमा सन् २०२२ फेब्रुअरीमा हमला भएपछि अमेरिकी नेतृत्वको पश्चिमी दुनियाँ तथा एसियाका जापान अनि कोरियाबाट नाकाबन्दी खेपेको रुसलाई नाकाबन्दी लाउन भारत भने तयार छैन ।

सन् २०२१ मा १३ अर्ब डलर व्यापार गर्ने यि दुई देशको व्यापार सन् २०२३ मा बढेर ६५ अर्ब अमेरिकी डलर पुगेको आरटीले उल्लेख गरेको छ । यो व्यापारको ठूलो हिस्सा भारतले रुसबाट सहुलियतमा किनेको कोइला तथा इन्धन हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर