भारतको जम्मु काश्मीरमा २४ घण्टाभित्र दोस्रो ‘आतंकवादी’ हमला – Nepal Press

भारतको जम्मु काश्मीरमा २४ घण्टाभित्र दोस्रो ‘आतंकवादी’ हमला

काठमाडौं । भारत प्रशासित जम्मु र काश्मीरमा भारतीय सेना चढेको गाडीमा आतंकवादी हमला भएको छ । भारतीय मिडिया इण्डिया टुडेका अनुसार कथुवा जिल्लामा यस्तो घटना भएको हो । उक्त क्षेत्रमा २४ घण्टामा भएको यो दोस्रो आक्रमण हो ।

२४ घण्टा अगाडि कुलगाम जिल्लामा भएको आक्रमणमा दुई भारतीय सैनिक र ६ जना ‘आतंककारी’को मृत्यु भएको भारतीय च्यानल एनडीटीभीले उल्लेख गरेको छ । आज भएको आक्रमणमा भएको हताहती भारतीय मिडियाले सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर