चार प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना – Nepal Press

चार प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।

देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।। कोशी,मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *