मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस – Nepal Press

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।

आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।

अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको २ वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर