कांग्रेसको आरोप- सरकार विश्वासको मत लिन्छु भन्छ, सदनप्रति उत्तरदायी बन्दैन (भिडिओ) – Nepal Press

कांग्रेसको आरोप- सरकार विश्वासको मत लिन्छु भन्छ, सदनप्रति उत्तरदायी बन्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारका मन्त्रीहरू सदनमा नआएकोप्रति असन्तुष्टि जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले बोल्दै बाढी पहिरो, डुबानले ठूलो जनधनको क्षति हुँदा पनि सरकारले सदनलाई जानकारी नदिएको बताए।

उनले भने, ‘संविधान अनुसार सरकारले विश्वासको मत लिन खोजिरहेको छ। सरकारले पूरै ३० दिन लेओस्, तर सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी हुनुपर्‍यो। सरकारले अविरल वर्षाको कारणले सदनलाई जानकारी गराइदेओस्। यसमा द्रुत रूपले काम गरोस् भन्ने चाहन्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर