रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त, साधारण सदस्यमात्र रहने (भिडिओ) – Nepal Press

रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त, साधारण सदस्यमात्र रहने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो । अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।

ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर