माओवादी सांसदको तर्क- अब ७६ (३) अनुसारकै सरकार बन्छ, कांग्रेस-एमालेले धैर्य गर्नुस् (भिडिओ) – Nepal Press

माओवादी सांसदको तर्क- अब ७६ (३) अनुसारकै सरकार बन्छ, कांग्रेस-एमालेले धैर्य गर्नुस् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति आपत्ति जनाए।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो। उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु।’

उनले संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा देशलाई लैजान खोजेको हो भने स्वीकार्य नहुने चेतावनी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर