भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न कांग्रेस-एमाले मिलेका हुन्, हामी सरकारमा सहभागी हुँदैनौं : राजेन्द्र पाण्डे (भिडिओ) – Nepal Press

भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न कांग्रेस-एमाले मिलेका हुन्, हामी सरकारमा सहभागी हुँदैनौं : राजेन्द्र पाण्डे (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नयाँ सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण लगायत ठूला प्रकरणहरु छोप्नका लागि बन्न लागेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले आशंका उब्जिएको बताए ।

उनले भने, ‘आम रुपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन । प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्छ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ।’

उनले कांग्रेस एमाले सरकारमा आफूहरु सहभागी हुने कुरा नसोचेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर