ताल भरिएर फसेका एकापरिवारका चारजनाको एपीएफले गर्‍यो उद्धार – Nepal Press

ताल भरिएर फसेका एकापरिवारका चारजनाको एपीएफले गर्‍यो उद्धार

कास्की। सशस्त्र प्रहरीले डुवानमा फसेका एकैपरिवारको चारजनाको उद्धार गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका-२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सकुशल उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको विशेष विपद उद्धार टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

गुल्मी स्थायी घर भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीयाकी आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयहरुको सूचनाका आधारमा विहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर