जनमतले गर्यो सचिव बीपी साहसहित ७ नेतालाई निलम्बन
नेपाल प्रेस
२०८१ असार २६ गते १६:४८
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई कारबाही गरेको छ। केन्द्रीय सचिव बीपी साहसहित ७ जनालाई तीन महिनाको लागि निलम्बन गरेको हो।
असार २० गते बसेको अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै पार्टीको विधान विपरीत कार्य गरेको भन्दै कारबाही गरेको सचिव अनिताकुमारी मण्डलले जनाएकी छन्।
उनका अनुसार कारबाहीमा गर्नेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, पूर्वजिल्ला अध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्याशी अनिता कुमारी यादव र पूर्व नगरपालिका सचिव दीपनारायण यादव रहेका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर