युट्युब इतिहासमै ३०० मिलियन सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो ‘मिस्टर बिस्ट’
नेपाल प्रेस
२०८१ असार २६ गते २१:०७
काठमाडौं । चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ को च्यानलले ३०० मिलियन सब्सक्राइबर पुर्याएको छ । युट्युब इतिहासमै ‘मिस्टर बिस्ट’को च्यानल ३०० मिलियन अर्थात् ३० करोड सब्सक्राइबर पुर्याउने पहिलो च्यानल बनेको हो ।
मिस्टर बिस्टले आफ्नो एक्स अकान्टमा उक्त ३० करोड सब्सक्राइबर पुर्याएको कुरा सार्वजनिक गरेका छन् ।
गत जुन २ मा मात्रै मिस्टर बिस्टको च्यानलले भारतीय ‘टि सिरिज’ लाई उछिन्दै युट्युबकै सर्वाधिक सब्सक्राइबर भएको च्यानल बनेको थियो ।
प्रतिक्रिया