उपेन्द्र यादव जसपाको एकल पदाधिकारी, यस्तो बन्यो २१५ सदस्यीय केन्द्रीय समिति (सूचीसहित) – Nepal Press

उपेन्द्र यादव जसपाको एकल पदाधिकारी, यस्तो बन्यो २१५ सदस्यीय केन्द्रीय समिति (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो ।

महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बाँकी पदाधिकारी अब केन्द्रीय समितिको बैठक बसेर चाँडै टुंग्याउने तयारी रहेको उनले बताए । अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् भने ९ कार्यकारिणी सदस्य रहेका छन् ।

जसपामा अध्यक्षसहित सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ हुने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर