अमेरिकी प्रतिवेदन भन्छः चीनको सौर्य तथा वायु ऊर्जा बाँकी विश्वको भन्दा दोब्बर – Nepal Press

अमेरिकी प्रतिवेदन भन्छः चीनको सौर्य तथा वायु ऊर्जा बाँकी विश्वको भन्दा दोब्बर

काठमाडौँ । बिहिबार सार्वजनिक भएको एक अमेरिकी संस्थाको प्रतिवेदनले चीनको सौर्य तथा वायु ऊर्जा क्षमता बाँकी विश्वको भन्दा दोब्बर भएको देखाएका छ ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अुनसार ग्लोबल इनर्जी मोनिटरको प्रतिवेदन अनुसार हाल चीनसँग ३३९ गिगावट क्षमताको सौर्य तथा वायु ऊर्जा क्षमता छ जसमा सौर्यको १८० गिगावाट र वायुको १५९ गिगावट रहेको छ ।

अमेरिकाको सौर्य तथा वायु ऊर्जा क्षमता ४० गिगावाट मात्रै भएका प्रतिवेदनमा उल्लेख गरिएको छ । सन २०३० सम्म नविकरण ऊर्जाको खपत तेब्बर बनाउने विश्वको लक्ष्यलाई चिनियाँ क्षमताले सहयोग गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

चीनले सन २०३० लाई कार्बन पिक र सन २०६० सम्म कार्बन न्यूट्रल बन्ने लक्ष्य लिएको छ ।

यसै अनुसार यो खालको विकास भएको बताइएको छ । पछिल्ल्लो समयमा चीनले कोइलाबाट विद्युत उपत्पादन घटाएको छ । डिडब्लूका अनुसार सन २०२३ मे सम्म ६० प्रतिसत कोइलाको बिजुली उत्पादन हुनेमा अहिले घटेर ५३ प्रतिशतमा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर