नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग बढ्यो : छानबिन विशेष समिति – Nepal Press

नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग बढ्यो : छानबिन विशेष समिति

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दूरुपयोग भएको देखिएको जनाएको छ ।

बिहीबार सिंहदरबारमा बिभिन्न सरोकारवाला निकायसंगको छलफलमा क्रममा राज्यका नियमनकारी निकायहरुले ध्यान नदिँदा र कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरुले मौका छोपको निष्कर्ष निकालिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

सहकारी क्षेत्रमा संरचनागत प्रवन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना बनाउदै नवनाउने, नियमनकारी निकायहरु कमजोर हुने र दोश्रो चरणको नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सिमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको उनले बताए ।

बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगाएतसंग सहकारी क्षेत्रको समस्याका बारेमा छलफल गरेको समिति संयोजक थापाले जानकारी दिए ।

संविधानले अर्थतन्त्रको महत्वपूर्ण खम्वाका रुपमा लिएको सहकारी क्षेत्रको संरचनागत संयन्त्र, सहकारी क्षेत्रको बिकृति, बचत अपचलन लगाएतका समस्याको समधानको उपायका सन्दर्भमा छलफल गरिएको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *