प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय (भिडिओ)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
एमालेसहित सरकारमा सहभागी साना दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदैछन्।
उनले भने, ‘प्रधानमन्त्रीमा जुन अराजकता छ, लामो समयदेखि देशलाई यो अवस्थामा पुर्याउने र आज यो मुलुकलाई, हजारौँ, लाखौँ युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिब देश बनाउनेभित्र यसको मुख्य नेतृत्व नै अहिलेको प्रधानमन्त्रीले गर्नुभएको हो। प्रधानमन्त्री कुनै पनि हिसाबले अहिले पनि नेपाल जस्तो शान्ति देश नभएको भए, बाहिर भए उहाँ राजनीतिक व्यक्ति नै होइन।’
उनले प्रधानमन्त्री आपराधिक पृष्ठभूमिबाट आएको आरोप लगाउँदै नयाँ बन्ने सरकारमा जाने नजाने निर्णय नगरेको बताए।