निर्वाचन आयोगको चौथो रणनीतिक योजनाको मस्यौदा तयार (मस्यौदासहित) – Nepal Press

निर्वाचन आयोगको चौथो रणनीतिक योजनाको मस्यौदा तयार (मस्यौदासहित)

काठमाडौं । निर्वाचन आयोगले आयोगको चौथो रणनीतिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदामा सुझाव माग गरेको छ ।

आयोगले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै रणनीतिक योजनाको मस्यौदामा इच्छुक संघ संस्था, निकाय, व्यक्ति तथा आमसञ्चार माध्यमलाई आगामी साउन ७ गतेसम्म आयोगको सचिवालयमा प्राप्‍त हुने गरी राय, सुझाव, प्रतिक्रिया र पृष्‍ठपोषण दिन आग्रह गरेको हो ।

आयोगको विहीबारको निर्णयानुसार चौथो रणनीतिक योजनाको मस्यौदा आयोगको वेबसाइटमा राखिएको र राय, सुझाव, प्रतिक्रिया र पृष्‍ठपोषण आयोगको इमेल वा अन्य कुनै उपयुक्त माध्यमबाट दिन सकिने आयोगका सहसचिव एवम प्रवक्ता रघुराम बिष्टले जानकारी दिए ।

उनका अनुसार आयोगको रणनीतिक योजना तर्जुमा गर्ने कार्यमा सबैको सहभागिताको लागि निर्वाचन आयोगले आग्रह गरेको छ ।

अघिल्ला रणनीतिक योजनामा सम्पन्न हुन नसकेका क्रियाकलाप र थप समावेश गर्नुपर्ने विषयको वृहत समीक्षा गर्दै आगामी दिनमा कार्यान्वयन गर्नुपर्ने क्रियाकलापको पहिचान गरी यो चौथो रणनीतिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा तयार गरिएको आयोगले जनाएको छ ।

मस्यौदामा मुख्यगरी अहिलेको अवस्थाको विश्लेषण गरी रणनीतिक योजनाका मार्गदर्शक सिद्धान्त, दूरदृष्टि ध्येय लक्ष्य उद्धेश्य नीति रणनीति र कार्ययोजना सहितका क्रियाकलाप उल्लेख गरिएका छन् ।

आयोगले आर्थिक वर्ष २०६५/६६ मा पहिलो पञ्चर्षीय रणनीतिक योजना (२०६५/०६६ देखि २०७०/०७१) तर्जूमा गरी कार्यान्वयनको अभ्यास शुरुवात गरेको थियो ।

यस बीचमा दोस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७१/७२–२०७५/७६) र तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–२०८०/८१) को समेत कार्यान्वयन भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *