चितवन दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी सुरु, गोताखोरसहित ७० जनाको टोली परिचालन (भिडिओ)
नेपाल प्रेस
२०८१ असार २८ गते ९:११
काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो ।
दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।
आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६५ जना सवार रहेको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया
One thought on “चितवन दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी सुरु, गोताखोरसहित ७० जनाको टोली परिचालन (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
जनता दुर्घटना मा मर्ने नेता हरु सत्ता को मोह मा ताना ताना।हे पशुपतिनाथ के भको यो देश मा।