पहिरोमा बेपत्ताहरूको खोजी र उद्धारका लागि देउवाले गराए सरकारको ध्यानाकर्षण – Nepal Press

पहिरोमा बेपत्ताहरूको खोजी र उद्धारका लागि देउवाले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुई बस त्रिशूली नदीमा खसेकोप्रति दुःख व्यक्त गरेका छन् ।

पहिरोमा करिब ६ दर्जनभन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भू-भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति भएकोपति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह गरेका छन् ।

बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीनवटै तहका सरकारहरूलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न आग्रह गरेका छन् । स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर