यती, ओम्नी र गिरीबन्धुको बोझ र कलंक नबोकी प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो: प्रचण्ड (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन प्रत्याभूत गराउनदेखि सुधारका धेरै काम गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले आफूले चालेको कदमले आफू विश्वासको मत पाउन हकदार गरेको बताए ।
उनले भने, ‘कुनै यती, कुनै ओम्नी, कुनै गिरीबन्धुहरुको बोझ र कलंक नबोकी पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो । एउटा तप्काले देशको जग्गा लुटे पनि हुने भयो । तस्करी गरेर कानून मिचे पनि हुने भयो । यसले लोकतन्त्रमाथि नै प्रश्न उठाइसकेको थियो । त्यो भाष्य चिरेको छ ।’
ललिता निवास, भुटानी शरणार्थी प्रकरण, बाँसबारीदेखि बाल मन्दिरसम्मको जग्गा खोज्न थालेपछि त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलाएको प्रचण्डको दाबी छ ।
लडाकु शिविरमा बसेका लडाकुहरुको अर्बौं रकम पचाउने गरि भएको क्याण्टोनमेण्ट घोटाला काण्डको बोझ र कलंक लिएर त बाँया हो नि !
लडाकु शिविरमा बसेका लडाकुहरुको अर्बौं रकम पचाउने गरि भएको क्याण्टोनमेण्ट घोटाला काण्डको बोझ र कलंक लिएर त बनेको त हो नि !
१७ हजारेलाई जनताले चुनावमा लात हानिसकेका थिए । वावुरामले बचाईदिए । लडाकु शिविरको पैसा झ्वाम पारेर बोझ छैन भन्न लाज पनि लागेन ?