नेपाल प्रेस तथ्य जाँचः मुग्लिङमा खसेको पहिरोको भन्दै दक्षिणी अमेरिकी तस्बिर सेयर – Nepal Press

नेपाल प्रेस तथ्य जाँचः मुग्लिङमा खसेको पहिरोको भन्दै दक्षिणी अमेरिकी तस्बिर सेयर

काठमाडौं । अहिले सामाजिक सञ्जालमा नारायणघाट-मुग्लिङ सडक खण्डमा पहिरो खस्यो । बस हरायो । घटना दुःखद छ । यो घटनालाई झनै तनाव दिने खालको तस्बिर अहिले सामाजिक सञ्जालमा यत्रतत्र छरिएको छ । तस्बिरमा ठूलो पहिरो खसेको छ । गाडीहरू खसेका छन् । नखसेका गाडीहरू फसेका छन् । केहि एक्स्काभेटर देखिएका छन् । केहि उद्धारक देखिएका छन् ।

के त्यो तस्बिर सही हो ? यसबारेमा नेपाल प्रेसले तथ्य जाँच गरेको छ । नेपाल प्रेसको भर्चुअल तथ्य जाँचको नतिजा अनुसार अहिले भाइरल गराइएको तस्बिर वास्तविक हो । एआई प्रयोग गरेर बनाइएको होइन । तर, यो नेपालको तस्बिर होइन । मुग्लिङको तस्बिर होइन । यो एसियाको तस्बिर होइन । यो त दक्षिण अमेरिकी महादेश कोलम्बियाको तस्बिर हो । कोलम्बियाको पनि उत्तर पश्चिमी भागको राजमार्गको तस्बिर हो ।

यो ताजा तस्बिर पनि होइन । यो सन २०२२ डिसेम्बरको तस्बिर हो । राजमार्गमा पहिरो खस्दा २७ जनाको ज्यान गएको थियो ।

यसबारेमा विभिन्न विश्व मिडियामा समाचार आइसकेको छन् । हाम्रो छिमेकी भारतमा पनि यो समाचार चर्चित भएको थियो ।

भारतीय अंग्रेजी भाषाको दैनिक टाइम्स अफ इन्डियाले यो समाचार प्राथमिकताकासाथ प्रकाशन गरेको थियो ।

यो समाचार कतारी विश्व च्यानल र अलजजिरामा पनि प्रकाशन भएको थियो । अलजजिराले यही तस्बिर प्रकाशन गरेको थियो । तर, तस्बिरको कोण भने फरक थियो । अस्ट्रेलियाको प्रशारक एबीसीले पनि कोलम्बियाको राजमार्गमा पहिरो खसेको समाचार प्रकाशन गरेको थियो ।  तस्बिर अहिले भाइरलवाला नै प्रकाशन गरेको थियो ।

खैर, यो तस्बिर फेक हो । यो तस्बिर सेयर गरेर पहिरोमा परेकाहरूका आफन्त तथा परिवारजनहरूलाई थप तनावमा नपारौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *