कांग्रेस-एमालेलाई रविको प्रश्न : अनुसन्धानको सुई कसैको घरको ढोकामा पुग्नासाथ संविधानको चिन्ता ? (भिडिओ) – Nepal Press

कांग्रेस-एमालेलाई रविको प्रश्न : अनुसन्धानको सुई कसैको घरको ढोकामा पुग्नासाथ संविधानको चिन्ता ? (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा राष्ट्रिय शब्दकै मानमर्दन भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले रातारात कांग्रेस र एमाले मिल्दा आशंका व्यक्त भएको बताए ।

उनले भने, ‘राष्ट्रिय सहमति भनिएको छ, त्यो पनि एउटा व्यापारीको घरमा गरिएको छ, आजसम्म देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा राष्ट्रिय शब्दको मानमर्दन भएको छ । तर, यो कुनै राष्ट्रिय सहमति हुन सक्दैन । हामीलाई आशंका छ, एकाएक रातारात संविधानको चिन्ता, कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढक्कढक्याउन पुग्यो त्यतिखेर तपाईंहरूलाई संविधानको याद आयो ? संविधानमा संशोधन गर्नुपर्ने धेरै कुराहरू छन् ।’

उनले संविधान जोगाउन नाममा कसलाई जोगाउन खोजिएको ? भन्दै प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर