नयाँ सरकार दाबी पेश गर्न राष्ट्रपति कार्यालयको पत्र पर्खिँदै कांग्रेस-एमाले, हस्ताक्षर तयार
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि कांग्रेस एमालेले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ। नयाँ सरकार गठनको बिषयमा कांग्रेस एमालेका नेताहरुबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफल भएको छ।
अहिलले प्रधानमन्त्रीले विश्वासको मत नपाएको पत्र शितल निवासमा पुर्याउँदैछ। संसद सचिवालयको पत्र पुगेपछि संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गर्ने कांग्रेस एमालेको विश्वास छ। दुई दलबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
एमालेका सचिव योगेश भट्टराईले कांग्रेस एमालेसहित नयाँ सरकारलाई समर्थन गर्नेहरुको हस्ताक्षर संकलन भइसकेको बताए ।
उनले भने, ’कांग्रेस एमालेको हस्ताक्षर भइसकेको छ, अन्य समर्थन गर्ने दलको पनि हस्ताक्षर संकलन हुँदैछ । राष्ट्रपतिबाट आह्वान भयो भने दाबी आजै बुझाइन्छ ।’