पूर्वअर्थमन्त्री महतको दाबी- कांग्रेसको योगदानले देशको अर्थतन्त्रमा सुधार आयो
नेपाल प्रेस
२०८१ असार २९ गते १६:०५
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारमा कांग्रेसको महत्वपूर्ण योगदान रहेको दाबी गरेका छन् ।
कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू अर्थमन्त्री हुँदा चालेको कदमले नै अर्थतन्त्रमा सुधार भएको जिकिर गरे ।
उनले भने, ‘म नै अर्थमन्त्री हुँदा कांग्रेसको योगदानले अर्थतन्त्रमा सुधार आएको हो । अर्थतन्त्र पछिल्लो तीन महिनामा सुध्रिएको होइन । हामी ११ महिना सरकार हुँदा निश्चित मापदण्ड बनाएर अघि बढेका थियौं ।’
अर्थतन्त्रलाई गति दिने र लगानीकर्तालाई पनि विश्वास दिने काम आफू अर्थमन्त्री भएकै बेला भएको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर