ओली सरकारलाई नेप्सेको स्वागत : प्रिओपन सेसनमा ३४ अंक बढ्यो – Nepal Press

ओली सरकारलाई नेप्सेको स्वागत : प्रिओपन सेसनमा ३४ अंक बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रिओपन सेसनमै उच्च अंकले बढेको छ । दुई ठूला दल मिलेर सरकार बनाउने भएपछि राजनीतिक स्थिरता र अर्थतन्त्र सुधारको आशासहित लगानीकर्ताको मनोबल बढेको विश्लेषण गरिएको छ ।

आइतबार शेयर बजारको कारोबार खुल्नु अघिको प्रिओपन सेसनमा नेप्से परिसूचक ३४.७९ अंकले बढेर २२३९.४१ को बिन्दुमा अडिएको हो ।

प्रिओपन सेसनमा १ लाख ८० हजार ५१ कित्ता सेयरको खरिदबिक्री हुँदा ६ करोड ८२ लाख ७३ हजार रूपैयाँको कारोबार भएको छ ।

यसअघि नयाँ सत्ता समीकरणका लागि कांग्रेस-एमालेबीच सहमति भएसँगै असार १८ गते सेयरबजारमा दुई पटकसम्म सर्किट ब्रेक लागेको थियो । त्यो दिन करिब १ घण्टासम्म कारोबार नै बन्द गरिएको थियो । त्यसपछि नेप्से परिसूचक निरन्तर बढिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर