ट्रम्पले गोली प्रहारको प्रतिकार गरेको टीसर्ट चीनबाट बिक्री सुरु
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई गोली प्रहार गरेपछि गरेको प्रतिकारको तस्बिर चिनियाँ अनलाइन सपिङ साइटहरूले बिक्री सुरु गरेका छन् ।
उनीहरूले ६७ युआनमा विभिन्न डिजाइनका यस्ता चित्र राखिएका टीसर्टहरु बिक्री सुरु गरेका छन् । यसको माग चीनमा राम्रो भएको बताइएको छ ।
गोली प्रहार भएको केहि घण्टाभित्रै ट्रम्पका टीसर्ट चीनमा बिक्री हुन थालेकोमा अमेरिकी टिप्पणीकारले पनि सकारात्मक टिप्पणी गरेका छन् ।
साइरस जेन्सन नामका सेलिब्रेटी टिप्पणीकारले आफूले चिनियाँहरूले अवसर खोज्ने काममा आफूले सधैँ तारिफ गरेको बताए ।
चिनियाँ सामाजिक सञ्जालमा हल्लाखल्ला भएपछि यस्ता टीसर्टको माग बढेको बताइएको छ ।