राष्ट्रियसभा बैठक बस्ने समय परिवर्तन
नेपाल प्रेस
२०८१ असार ३० गते १६:३२
काठमाडौँ । सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक बस्ने समय परिवर्तन गरिएको छ। सोमबार बिहान साढे ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश देखाउँदै समय परिवर्तन गरिएको हो।
विशेष कारणवश राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बैठक सोही दिनको अपराह्न ३ः१५ बजेका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ।
भोलि बिहान ११ बजे प्रधानमन्त्रीको शपथ भएकाले बैठकको समय समेत परिवर्तन गरिएको बताइन्छ। एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।
प्रतिक्रिया