स्याङजामा पँधेरोमा डुबेर दुई बालिकाको मृत्यु
नेपाल प्रेस
२०८१ असार ३० गते १९:१७
पोखरा । स्याङजामा पँधेरोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । स्याङजाको पुतलीबजार नगरपालिका–४ रामकोशमा पँधेरोमा डुबेर नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आइतबार दिउँसो पँधेरोमा डुबेर १४ वर्षीय लक्ष्मी थापा र उनकी बहिनी १२ वर्षीय सुस्मिता थापाको मृत्यु भएको स्याङजा प्रहरीका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
घरदेखि ५०० मिटर टाढा रहेको पँधेरोमा नुहाउन र कपडा धुनका लागि गएकोमा डुबेर मृत्यु भएको डिएसपी रानाले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर