रास्वपाका कार्यवाहक प्रवक्ताको अनुमान- मुकुल ढकालले अब कृत्रिम दुर्घटनाको योजना बनाउन सक्छन्
मुकुलको राम्रो हेरचाह गर्न परिवारलाई अनुरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कारवाहीमा परेका डा. मुकुल ढकालका अभिव्यक्तिहरुलाई लिएर पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिक्रिया जनाएका छन् । ढकाललाई अरुले परिचालित गरेर रास्वपामा समस्या खडा गर्न खोजेको उनको आशंका छ ।
फेसबुकमा स्टाटस लेख्दै झाले सारा योजना फेल भएपछि मुकुलले भिक्टिम कार्ड खेलेको आरोप पनि लगाएका छन् ।
झाको अनुमानमा मुकुलले अब यस्ता कामहरु गर्न सक्छन्ः
– जिल्ला जिल्ला जाने, यसैगरी अन्ट सन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र भन्ने रविले, स्वर्णिमले मान्छे लगाएर कुटाए ।
– कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने ।
– महामन्त्री अझै पनि मै हुँ भनेर अनाधिकृत रूपमा पार्टी कार्यालय आउने, हुलहुज्जत गर्ने र गिरफ्तार हुने अनेकौ प्रयास गर्ने
– त्यसपछि फेरि पार्टी कार्यालय अगाडि आमरण अनसन बस्ने
– अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने ।
झाले एक शुभचिन्तकको नाताले मुकुलको परिवारलाई उनको राम्रो हेरचाह गर्न अनुरोध गरेका छन् ।
ढकालको मानसिक अवस्थाको जाँच होस् ।